२०८३ जेठ १७ आइतवार , ०४:००:१० बजे

Sajhamanch
'

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

आइतवार, जेठ १७, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।

पोखरामा आयोजित कार्यक्रमकाबीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो ।

यसअघि २०८१ सालको भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।

ब्रिज इन्टरनेशनलका सीईओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताउनुभयो ।

गिरीले तल्लोतहबाटै क्रिकेट खेलको विकास गर्नुपर्छ भनेर आफूहरु लागेको भन्दै ‘राइजिङ एण्ड साइनिङ विथ एस २५’ कार्यक्रम समेत घोषणा गर्दै हरेक प्रदेशमा गएर प्रतिभावान खेलाडीहरुको खोजी गर्ने र कम्तीमा ५ खेलाडीलाई स्कलरसिप दिने योजना रहेको बताउनुभयो ।

सन्दीपले दुई वर्षअघि आफू कठिन समयमा हुँदा ब्रिज इन्टरनेसनलले उठाउने काम गरेको भन्दै यो सम्झौता मात्र नभएर परिवार जस्तै भएको बताएका छन् ।

सम्बन्धित खबर