२०८३ जेठ १७ आइतवार , ०२:५५:३८ बजे

Sajhamanch
'

नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल

आइतवार, जेठ १७, २०८३

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल भएको छ । आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपाल छनोट हुन असफल भएको हो ।

वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । नेपालकी कविता कुँवरले नटआउट २२ रन बनाइन् । चीनकी मा रुइकेले २ विकेट लिइन् ।

डीएलएस नियममा ७ ओभरमा ४३ रनको लक्ष्य पाएको चीनले ५ विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । चीनकी कप्तान मिङ्ए झुले १८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

नेपाललाई हराएसँगै चीन एशियन खेलकुदमा छनोट भएको छ । यस्तै यसअघि फाइनलमा पुगेका थाइल्यान्ड र मलेशिया पनि छनोट भएका थिए ।

प्रतियोगिताको समूह ‘ए’ मा थाइल्यान्ड, मलेशिया र हङकङ थिए । यस्तै समूह ‘बी’ मा नेपाल, चीन र इन्डोनेशिया थिए ।

सम्बन्धित खबर