२०८३ जेठ १५ शुक्रवार , ०८:२९:४१ बजे

Sajhamanch
'

रविन्द्र ढाँट ‘रोड टू युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली

शुक्रवार, जेठ १५, २०८३

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट (एमएमए) फाइटर रविन्द्र ढाँटले ‘रोड टू युएफसी सिजन ५’को सेमिफाइनलमा स्थान बनाएका छन् ।

मकाउको ग्यालेक्सी एरेनामा हिजो भएको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउटमार्फत पराजित गरे । उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

खेलको शुरुदेखि नै आक्रामक शैलीमा खेलेका ढाँटले दोस्रो राउन्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गरेका थिए । त्यसपछि रेफ्रीले खेल रोकेका थिए । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) को आधिकारिक नतिजाअनुसार उनले ‘ग्राउन्ड एन्ड पाउन्ड’ मार्फत जित दर्ता गरेका हुन् ।

सेमिफाइनलमा ढाँटले अस्ट्रेलियाका कासिब मर्डोकको सामना गर्नेछन् । मर्डोकले क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए ।

‘रोड टू युएफसी’ एसियाली खेलाडीलाई युएफसीमा प्रवेश गराउने छनोट प्रतियोगिता हो । प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले युएफसी कन्ट्र्याक्ट प्राप्त गर्ने व्यवस्था छ ।

सम्बन्धित खबर