२०८३ जेठ १४ बिहिवार , ०२:४१:५१ बजे

Sajhamanch
'

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : भारतमा निर्यात हुँदै

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरु गरेको छ ।

भरतपुर महानगरपालिका–१६ शरणपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनुभएको छ ।

हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले १०–१२ प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ । हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ । यो कच्चा पदार्थ आठ लाखदेखि २५ लाखसम्म प्रतिकिलो मूल्य पर्ने गरेको छ ।

यो कच्चा पदार्थ पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफूहरूको योजना रहेको उहाँले जानकारी दिनुभयो । नेपालका ४० देखि ४५ जिल्लामा यो लौठसल्लो पाइने जनाउँदै उहाँले वार्षिक एक हजार ५०० टन लौठसल्लोबाट दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो ।

उद्योगमा मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

सम्बन्धित खबर