२०८३ जेठ १३ बुधवार , ०३:३९:१९ बजे

Sajhamanch
'

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

बुधवार, जेठ १३, २०८३

विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ ।

यसैगरी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहान प्रभातफेरि निकालिने र मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, जेठ १६ गते प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाइमा अस्पतालका बिरामीले फलफूल वितरण गर्ने, सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमका आश्रितलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गरिने निर्णय भएको छ ।

मूल समारोह समितिको बैठकले जेठ १५ गते विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकीसहित सहभागिताका लागि आग्रह गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको नेतृत्वमा ११ सदस्यीय समितिले दिवसलाई सम्पन्न गर्नेछ ।

सम्बन्धित खबर