२०८३ जेठ १३ बुधवार , १२:०४:४६ बजे

Sajhamanch
'

कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै एक हजार नजिक

बुधवार, जेठ १३, २०८३

काठमाडौं । कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगेको छ ।

संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको समाचार संस्था एपीले जनाएको छ ।

स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहारको सामना गर्नुपरेको छ । कतिपय मानिसहरू रोगप्रति शङ्का व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन् ।

स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन् । विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण कठिन बनेको छ । साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ ।

यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ । जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर