२०८३ जेठ १३ बुधवार , १२:०४:०३ बजे

Sajhamanch
'

एशियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपालले आज चीनसँग खेल्दै

बुधवार, जेठ १३, २०८३

काठमाडौं । एशियाली खेलकुद महिला टी–२० छनोटअन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ ।

मलेसियाको वायुमास ओभलमा खेल नेपाली समय अनुसार पौने १२ बजे खेल शुरु हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ । प्रतियोगिताको पहिलो दिन हिजो चीनले इन्डोनेसियालाई हराउँदै विजयी शुरुवात गरेको छ ।

नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका दुई वटा टी–२० खेलमा जितेको इतिहास छ । छनोट प्रतियोगितामा ६ देश सहभागी छन् । समूह ‘ए’ मा मलेसिया, हङकङ र थाइल्यान्ड रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।

सम्बन्धित खबर