२०८३ जेठ १२ मङ्गलवार , ०४:३७:१४ बजे

Sajhamanch
'

ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले सामूहिक छलफल गर्नुभएको हो ।

छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि गएको चैत २५ गते प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गर्नुभएको थियो ।