२०८३ जेठ ४ सोमवार , ०२:०७:५८ बजे

Sajhamanch
'

संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध

सोमवार, जेठ ४, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गर्नु भएको हो । प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनु भएको थियो ।

संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ । त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेन्डरमा छैन ।

यस्तो बेला श्रम संस्कृति पार्टीले संसद्मै प्ले कार्ड देखाएर विरोध जनाएको हो । सभामुखले भने त्यसो नगर्न निर्देशन दिनु भएको छ ।