
काठमाडौं । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ ।
यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो । चिन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो ।
तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्याएको छ ।
ताइवान–अमेरिका–चीनबीचको यो तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुनसक्ने विश्लेषण गरिएको छ ।


