२०८३ वैशाख ३० बुधवार , ०४:४३:३५ बजे

Sajhamanch
'

सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार, ४ अंक घट्यो

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ । यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडको भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन सर्किट ब्रेक लागेर स्थगित हुँदा पूरा कारोबार हुन सकेको थिएन ।

आज ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार र उत्पादन बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार १.५० तथा उत्पादन ०.४७ प्रतिशत बढे ।

बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१, अन्य ०.३० प्रतिशत घटे ।

एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशत बढ्यो । दोस्रोमा रहेको एसवाई प्यानलको ४.६२ प्रतिशत बढ्यो । धौलागिरी लघुवित्तको मूल्य ११.१७ प्रतिशत घट्यो । झापा इनर्जीको ९.४३, रिजलाइन इनर्जीको ४.८७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स हुन् ।

सम्बन्धित खबर