२०८३ वैशाख २८ सोमवार , १०:१४:१७ बजे

Sajhamanch
'

स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुँदै

सोमवार, वैशाख २८, २०८३

शिवसताक्षी । यहाँस्थित दुधेमा स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

खेलकुदमार्फत स्वास्थ्य, मित्रता र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

दुधे रंगशालामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका भेट्रान टोलीहरूको सहभागिता रहने जनाइएको छ । अनुभवी खेलाडीहरुबीचको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलले दर्शकहरुमा उत्साह भर्ने आयोजकको अपेक्षा छ। स्थानीय खेलप्रेमी दर्शकको उल्लेखनीय उपस्थितिसहित दुधे क्षेत्र खेलमय बन्ने तयारी गरिएको बताइन्छ।

आयोजकका अनुसार प्रतियोगिताले पुराना खेलाडीहरूलाई पुनः मैदानमा जोड्नुका साथै युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ८१ हजार रुपैयाँसहित मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।