२०८३ वैशाख २७ आइतवार , ०१:३८:५३ बजे

Sajhamanch
'

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

आइतवार, वैशाख २७, २०८३

विराटनगर । मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ गरिएको छ ।

भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्नेहरूका सुरक्षा निगरानीसहित परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने निर्णय गरेको हो ।

त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ । प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमनसहित नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको थियो ।

सम्बन्धित खबर