२०८३ वैशाख २५ शुक्रवार , ०४:२०:५२ बजे

Sajhamanch
'

स्मित पटेलको शतकमा अमेरिकाले दियो नेपाल ‘ए’ लाई २६३ रनको लक्ष्य

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ‘ए’ टोलीलाई २६३ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले शतक बनाए ।

पटेल १०८ बलमा ११६ रन जोडेर आउट भए । नेपाल ‘ए’ का पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले १/१ विकेट लिए ।

एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा हिजो नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २/२ वटा अभ्यास खेल खेल्नेछ । नेपाल ‘ए’ ले शृङ्खलाको तेस्रो खेलमा भोलि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।

आउँदो वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।

सम्बन्धित खबर