२०८३ वैशाख २४ बिहिवार , ०४:२१:१० बजे

Sajhamanch
'

नेपाल ‘ए’ ले स्कटल्यान्डलाई दियो २७८ रनको लक्ष्य दियो

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । नेपालको ‘ए’ टोलीले एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डलाई २७८ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनायो । नेपाल ‘ए’ का देव खनालले ६३, मयन यादवले ४५, सन्दीप जोराले ३४, दीपक डुम्रेले ७ बलमा नटआउट २३ रन बनाए । स्कटल्यान्डका ब्राडली करी र सफयान शरिफले २/२ विकेट लिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेल्न लागेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग दुई/दुई वटा अभ्यास खेल खेल्नेछ ।

नेपाल ‘ए’ ले शृङ्खलाको दोस्रो खेलमा भोलि अमेरिकासँग, पर्सि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।

आउँदो वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।

सम्बन्धित खबर