२०८३ वैशाख २१ सोमवार , ०५:२०:५२ बजे

Sajhamanch
'

५ वटा छोटी भन्सार वर्षौंदेखि बन्द, सीमावर्ती व्यापार प्रभावित

सोमवार, वैशाख २१, २०८३

झापा । झापाको मेची भन्सार कार्यालय मातहत रहेका पाँच वटा छोटी भन्सार वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । सीमापार व्यापार सहजीकरण र राजस्व संकलनको उद्देश्यले स्थापना गरिएका भन्सारहरू निष्क्रिय हुँदा स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको छ ।

मेची भन्सारअन्तर्गत गौरीगन्ज–२ आठमौजा, मेचीनगर–२ को गाडागल्ली, मेचीनगर–४ को बाहुनडाँगी, मेचीनगर–५ को नकलबन्दा, मेचीनगर–७ को सतिघट्टा र गौरीगन्ज–१ को महाभारा छोटी भन्सार स्थापना गरिएका थिए । तीमध्ये अहिले आठमौजा छोटी भन्सार मात्रै सञ्चालनमा रहे पनि त्यहाँसमेत अपेक्षित भन्सार कारोबार हुन सकेको छैन ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अन्य नाकामा व्यापारिक गतिविधि न्यून भएकै कारण ती भन्सार सञ्चालनमा आउन नसकेका हुन् । उहाँले भन्सार सञ्चालनका लागि क्वारेन्टाइन, अध्यागमन तथा अन्य पूर्वाधार आवश्यक पर्ने भए पनि छोटी भन्सारमा ती सेवा उपलब्ध नभएको बताउनुभयो ।

सम्बन्धित खबर