२०८३ वैशाख १८ शुक्रवार , ११:४१:०१ बजे

Sajhamanch
'

डोजर पुग्यो बल्खु, धमाधम सामान सार्दै सुकुम्बासी

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत दोस्रो चरणमा आज विभिन्न क्षेत्रमा डोजर चलाइँदैछ।

घरटहरा भत्काउन बल्खुमा डोजर पुगेको छ। प्रहरीको बाक्लो उपस्थिति छ। मानिसहरु अझै सामान सारिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो। प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरुले धमाधम सामान सारेका थिए। यो क्रम आज बिहानसम्म पनि जारी छ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ।पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ।

सम्बन्धित खबर