
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


