२०८३ वैशाख १४ सोमवार , ०५:४२:०२ बजे

Sajhamanch
'

जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल

सोमवार, वैशाख १४, २०८३

विराटनगर । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिया । तीमध्ये विभिन्न स्रोतको सहयोगमा ९९१ मिसिल संकलन भइसकेका छन् ।

अदालतको आफ्नै अभिलेख जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय र अन्य सरोकारवाला निकायहरूको सहयोगमा मिसिल संकलन गरेको हो । उनका अनुसार चालु अवस्थाका ५० वटा मुद्दाको मिसिल अझै प्राप्त भएको छैन ।

भदौ २४ सम्म फैसला भइसकेको तर फैसला लेख्न बाँकी रहेका ७८ वटा मिसिलमध्ये ७५ वटा प्राप्त भएको छ । फैसला लेख्न बाँकी ३ वटा मिसिलको विवरण अझै प्राप्त भएको छैन ।

न्यायाधीश भुषालका अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार थान मिसिलहरू जलेर नष्ट भएका थिए । तीमध्ये २ हजार ५४८ वटा मिसिल संकलन गरिएको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मा पाएको तहसिल शाखामा रहेका १ हजार ७०० मिसिल जलेका थियो । तीमध्ये १ हजार ३५९ मिसिल संकलन भएको छ । ३४१ मिसिल संकलन हुन बाँकी छ ।

आन्दोलनको क्रममा आगजनी हुँदा अदालतको जिन्सी किताब, लगत किताब लगायतका अभिलेख जलेर खरानी भएको थियो ।

सम्बन्धित खबर