२०८३ वैशाख १४ सोमवार , ०५:११:३४ बजे

Sajhamanch
'

भारतले जित्यो एशियन ‘बिच गेम्स’ महिला कबड्डीको उपाधि

सोमवार, वैशाख १४, २०८३

काठमाडौं । चीनको सान्यामा चलिरहेको छैटौँ एशियन ‘बिच गेम्स’ अन्तर्गत महिला कबड्डीको उपाधि भारतले जितेको छ ।

आज भएको फाइनल खेलमा भारतले श्रीलङ्कालाई ४७–३१ को अन्तरले हरायो । योसँगै भारतले लगातार छैटौँ पटक उपाधि जितेको हो । श्रीलङ्काले रजत पदक जित्यो ।

प्रतियोगितामा नेपाली महिला टोलीले कांस्य पदक जितेको छ । हिजो भएको दोस्रो सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग पराजित भएको हो । यस्तै पहिलो सेमिफाइनलमा भारतसँग पराजित भएको बङ्गलादेशले पनि कांस्य पदक जितेको छ ।

सोमवार, वैशाख १४, २०८३ | खेलकुद

सम्बन्धित खबर