
काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोमा आज १ हजार ३०० रुपैयाँले बढेर तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।
साथै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९९५ मा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।


