२०८३ वैशाख ८ मङ्गलवार , ०४:१८:१० बजे

Sajhamanch
'

एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जनाको ज्यान गयो, २ जना घाइते

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।

राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उहाँका ८ वर्षीय नाति रिहान्स खरेलको ज्यान गएको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।

एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते हुनुभएको छ । उहाँहरूको नेपालगञ्जमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर