२०८३ वैशाख ४ शुक्रवार , ०१:२४:१५ बजे

Sajhamanch
'

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

शुक्रवार, वैशाख ४, २०८३

धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ ।

गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिनुभयो । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् ।

आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो ।

यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनु भयो । आगलागीको कारण खुलेको छैन ।

शुक्रवार, वैशाख ४, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर