२०८३ वैशाख ३ बिहिवार , ०१:००:१४ बजे

Sajhamanch
'

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश हुनु भएको छ ।

म्यागेजिनले शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री भन्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिको रूपमा सन् २०२६ को लागि चित्रण गरेको हो ।

प्रधानमन्त्री शाहको उदय युवा पुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ । काठमाण्डौको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा गरेको सुधारको पनि चर्चा गरेको छ ।

साथै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको आमा नेपाली नागरिकको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरेको छ ।

सम्बन्धित खबर