
काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
युद्धग्रस्त पश्चिम एसियाली देशले सामाजिक सञ्चालमा प्रवाह हुन् भ्रमपूर्ण सन्देशहरूमाथि कडाइ गर्दै आएका छन् । सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउनेलाई पक्राउ गर्नेदेखि डिपोर्ट गर्नेसम्मका कारबाही हुने ती देशले जनाएका छन् ।
सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेको परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले बताउनु भयो।
इजरायल–अमेरिका र इरानबीच भइरहेको युद्धपछि इरानले खाडी मुलुकमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको छ । त्यही आक्रमणको क्रममा आएका क्षेप्यास्त्र तथा ड्रोनको फोटो भिडियो खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा गलत अफवाह फैलाउने गरेको अभियोगमा पक्राउ परेको मन्त्रालयले जनाएको छ ।
पक्राउ परेकाहरूका हकमा सम्बन्धित देशमा रहेकाको हकमा नेपाली दूतावास तथा नियोगहरूले आवश्यक बुझ्ने काम भईरहेको प्रवक्ता क्षेत्रीले बचाउनु भयो ।
उनीहरूमाथि लागेको चार्ज के हो ? त्यसको लागि जरिवाना कति हुन्छ ? भन्ने विषयमा बुझ्ने काम भइरहेको उहाँको भनाइ छ ।


