२०८२ चैत १९ बिहिवार , ०३:२७:४७ बजे

Sajhamanch
'

कमाउन कुवेत गएका कफनमा ल्याइए, नौमध्ये चार शव महिलाको

बिहिवार, चैत १९, २०८२

भैरहवा । कुवेत एअरवेजले हिजो बेलुकी ल्याएको नौ नेपाली शवमध्ये चारजना महिलाको रहेको पाइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साँझ अवतरण गरेको कुवेत एयरको उडान नम्बर केयु ५३९३ विमानमा ३१६ जना नेपाली नागरिकलाई पनि ल्याइएको थियो ।

नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागले सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याएर नजिकको नातेदारलाई बुझाउने व्यवस्था गरेको बताइएको छ । ल्याइएका शवमध्ये दाङका खुशीराम चौधरी, उदयपुरकी कोपिला थामी र सल्यानका कृष्ण रामजा बुढाको हो ।

यस्तै सिन्धुलीकी मञ्जु मोक्तान पाख्रिन, सिरहाका रमेशकुमार मोची, लमजुङका रमेश नेपाली, सिन्धुपाल्चोककी सम्झना गोले, सुर्खेतकी यमुना सुनार र खोटाङका वसन्त राईको शव ल्याइएको हो ।

सम्बन्धित खबर