२०८२ चैत १८ बुधवार , ०३:४५:१४ बजे

Sajhamanch
'

भोलिदेखि एसइई, झापामा १७ हजार ६६३ जना विद्यार्थी सहभागी हुँदै

बुधवार, चैत १८, २०८२

झापा । भोलिदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदै छ । झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् ।

नियमित परीक्षार्थी १५ हजार ४०१ , नियमित प्राविधिक धारतर्फ ५७४ र बाँकी ग्रेड वृद्धि परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले बताउनु भयो । परीक्षामा सामुदायिक १६३ र संस्थागत २४५ गरी ४०८ वटा विद्यालय सहभागी हुँदैछन् ।

नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्र तथा ग्रेडवृद्धितर्फ १ हजार २०९ छात्रा र १ हजार ५३ छात्र परीक्षामा सहभागी हुन लागेको बस्नेतले जानकारी दिनु भएको छ ।