२०८२ चैत १६ सोमवार , ११:१५:४१ बजे

Sajhamanch
'

ज.क. उद्योगको आरोपमा प्रदीप मित्तल प्रहरी हिरासतमा

सोमवार, चैत १६, २०८२

बिर्तामोड । जबरजस्ती करणी उद्योगको आरोपमा बिर्तामोड नगरपालिका २ का ६२ वर्षीय प्रदिप मित्तललाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका अनुसार उनी इलाका प्रहरी कार्यालय धुलावारीमा उपस्थित भएपछि प्रक्रिया बमोजिम पक्राउ गरिएको हो ।

गत चैत ३ गते दिउँसो करिब १ः१५ बजेको समयमा मेचीनगर नगरपालिका–१४, पाथीभरा टोलमा मित्तलले एक महिलालाई जबरजस्ती करणीको प्रयास (उद्योग) गरेको भन्दै पीडित स्वयंले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन् ।

जाहेरी परेपछि फरार रहेका मित्तलको प्रहरीले खोजी कार्य जारी राखेको थियो । फरार रहेकै अवस्थामा मित्तल आज बिहान १०ः१५ बजे आफैं इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएका थिए ।

कार्यालयमा उपस्थित भएसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मित्तलमाथि अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरिएको छ ।

निजलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूरमा म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर