२०८२ चैत १२ बिहिवार , ११:२८:०३ बजे

Sajhamanch
'

आर्यनको उपचारमा क्यान झापाको १२५०० सहयोग

बिहिवार, चैत १२, २०८२

बिर्तामोड । झापाको बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय आर्यनकुमार महतोको उपचारार्थ कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाले आज १२ हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

बिर्तामोड ३ का स्थायी बासिन्दा आर्यन विगत दुई वर्षदेखि एप्लाष्टिक एनेमिया नामक घातक रोगसँग लडिरहेको भनी उनका मामा प्रमोद महतोले जानकारी गराएपछि क्यान झापाको बैठकका माझमा उक्त रकम आजै संकलन गरी हस्तान्तरण गरिएको हो ।

उक्त रकम क्यान झापाका अध्यक्ष शुभ कुमाई पाठकले विरामीका मामा प्रमोदलाई हस्तान्तरण गर्नुभएको हो । परिवारको आर्थिक स्थिति कमजोर रहेको अवस्थामा पनि दुई वर्षदेखि निरन्तर उपचार गरिरहनु परेको र थप उपचारका लागि लाखौं रकम जम्मा गर्नु परेकोले मनकारी समुदायमा सहयोगको हात फैलाइएको मामा प्रमोद महतोले बताउनु भयो ।

सम्बन्धित खबर