
कमल । झापाको कमल गाउँपालिकामा आजबाट नमूना संसद अभ्यास तथा कार्यशाला कार्यक्रम सुरु भएको छ।
गाउँपालिकाको आयोजना तथा कुइनेटो मिडिया प्रालिको प्राविधिक सहयोगमा नमूना संसद अभ्यास तथा कार्यशाला कार्यकम सुरू भएको हो ।
कार्यक्रम गाउँपालिकाका सातवटै वडाबाट छनौट भएका युवा तथा बालक्लवका पदाधिकारी गरी ३० जना युवाको सहभागिता रहेको छ ।
कार्यक्रमका सहभागीलाई राष्ट्रिय युवा परिषदका प्रशिक्षक योगेन्द्र पौडेलले सहजिकरण गर्नु भएको हो ।
कार्यक्रमका सहभागीहरूलाई नेता र नेतृत्वको भूमिका, अौपचारिक र अनौपचारिक नेतृत्व, सांसदले संसदमा गर्नुपर्ने भूमिका एवम् वर्तमान कानुनी प्रावधान लगायतका विषयमा सहजकर्ता पौडेलले सहजिकरण गर्नुभएको थियो । तालिम चैत १४ गतेसम्म हुनेछ ।


