२०८२ चैत ८ आइतवार , ०६:०३:०३ बजे

Sajhamanch
'

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको ज्यान गयो, चार जना घाइते

आइतवार, चैत ८, २०८२

काठमाडौं । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका हरिसिद्धी मा रहेको होसना इँटाभट्टाको पर्खाल भत्किँदा त्यहीँ काम गर्ने रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो ।

यस्तै पर्खाल भत्किँदा चार जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् ।

घाइतेहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर