२०८२ चैत ८ आइतवार , ०४:२४:५८ बजे

Sajhamanch
'

लागुऔषधसहित विभिन्न जिल्लाबाट सात जना पक्राउ

आइतवार, चैत ८, २०८२

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी, झापाको विर्तामोड नगरपालिका–३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

आइतवार, चैत ८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर