२०८२ चैत ८ आइतवार , ०१:०२:०५ बजे

Sajhamanch
'

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो

आइतवार, चैत ८, २०८२

काठमाडौं । पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ ।

माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

झडेवाबाट रहबासको चुनढुङ्गाखानीका लागि छुटेको लु २ ख ४५२५ नम्बरको खाली टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर