२०८२ चैत ६ शुक्रवार , ०३:५५:५८ बजे

Sajhamanch
'

झापामा गाडी चलाउँदा चलाउँदै बेहोस भएका चालकको मृत्यु

शुक्रवार, चैत ६, २०८२

झापा । झापामा गाडी चलाउँदा चलाउँदै बेहोस भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला पथरीशनिश्चरे-९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ अन्दाजी साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ सितापुरी चोकमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र न १–०४–००१ च ००८० नम्बरको स्कोरपियो गाडी चालक धिमाल गाडी चलाउने क्रममा अचानक बेहोस भएका थिए ।

गाडीभित्र असहज भएका चालक धिमालले गाडी सडक किनारमा रोकेका थिए । सोही गाडीमा सवार यात्रुहरूले देखेर बोलाउँदा नबोलेपछि स्थानीय सहयोगमा उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो ।

उनको उपचारको क्रममा गएराति ८ बजे मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे उर्लाबारी पठाइएको छ ।

सम्बन्धित खबर