
जनकपुरधाम । सर्लाहीमा स्कूल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान करिब ९ बजेको समयमा बागमती नगरपालिका-२ टावर नजिकै भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेको २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईकाअनुसार बच्चाको घटना स्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र बसका चालक हरिवन नगरपालिका ११ प्रगती टोल बस्ने ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएका छन् ।


