२०८२ चैत ५ बिहिवार , ०१:३२:०९ बजे

Sajhamanch
'

हावाहुरी पीडितलाई गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँ दिने

बिहिवार, चैत ५, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । ‘प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो,’ अध्यक्ष राईले भन्नुभयो, ‘क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताउनु भयो । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् ।