२०८२ चैत ४ बुधवार , ११:०७:४१ बजे

Sajhamanch
'

सिमलडाँगीमा मुस्तफाको घर र गोठमा आगलागी हुँदा लाखौंको क्षति

बुधवार, चैत ४, २०८२

झापा । झापा गाउँपालिका वडा नं. ५ सिमलडाँगीका मुस्ताफा अलीको टाटीबेरा र टिनको छानो भएको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

बुधबार दिउँसो सवा ४ बजे हाराहारी समयमा आगलागी हुँदा मुस्तफा बस्ने घरको सुत्ने दुई वटा कोठा, भान्सा कोठा, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, डेढ तोला सुन, ३० तोला चाँदी, नगद ८० हजार, फ्रिज, रंगीन टेलिभिजन र गाईगोठसहित घर नजिकै राखेको मे ५ प २ १८६ नम्बरको होन्डा साईन मोटरसाइकल समेत पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमाण्डमा टोली खटिएर भद्रपुरबाट आएको दमकल र स्थानीयको सहयोगमा साँझ सवा ५ बजेमात्र आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरी र पिडीत परिवारको अनुमान छ ।

सम्बन्धित खबर