२०८२ चैत ४ बुधवार , ०३:३२:०९ बजे

Sajhamanch
'

भेडेटार-रवि-राँके सडक सञ्चालनमा

बुधवार, चैत ४, २०८२

धनकुटा । पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ ।

उक्त सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ३ नाम्जे नजिक गत शुक्रवार बिहानदेखि पहिरो गएपछि यातायात अबरुद्ध बनेको थियो । करिब तीन सय मिटर क्षेत्रमा पहिरोका कारण थुप्रिएको माटो ढुंगा पन्छाएपछि बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

भेडेटार–रवि–राँके सडक निर्माणको जिम्मा लिएका भारतीय कम्पनी एप्को इन्फ्रा टेकले स्काभेटर तथा जेसीभी लगायतका उपकरण सहित नेपाल प्रहरी समेतको प्रयासमा यातायात खुलेको हो । सडकमा धरान तथा धनकुटाबाट चौबिसे क्षेत्र र पाँचथरसम्म नियमित यातायात सञ्चालन हुने गर्दछ । उक्त सडकमा बिहानदेखि गन्तव्यतर्फ यातायात चल्न थालेक छन् ।

सम्बन्धित खबर