२०८२ चैत २ सोमवार , ०७:३९:१० बजे

Sajhamanch
'

इनिशा विकका परिवारले भेटे गृहमन्त्री, दोषीलाई कारबाही गर्न माग

सोमवार, चैत २, २०८२

काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।

पीडित परिवारकोतर्फबाट इनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन ।

साथै यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरु दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित् समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताउनु भयो ।

उहाँले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताउनु भयो ।

गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ सहितदपार्क नजिकै जनजागरण सामुदायिक बनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।

सम्बन्धित खबर