
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका अरू उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका साथै रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो ।
निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ ।
अस्ति शनिवारदेखि काठमाण्डौमा शुरू भएको एनआरएनएको १२औँ अधिवेशन आज सकिँदैछ ।


