२०८२ फागुन २८ बिहिवार , ०१:४७:३६ बजे

Sajhamanch
'

सवारी दुर्घटनामा एक जनाको मृत्यु

बिहिवार, फागुन २८, २०८२

सुनसरी ।  सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र।०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते हुनुभएका अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो । गम्भीर घाइते हुनुभएका पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

बिहिवार, फागुन २८, २०८२ | मिडियाबाट साभार, समाज