२०८२ फागुन २७ बुधवार , ०१:१०:१५ बजे

Sajhamanch
'

नेपाल एअरलाइन्सले काठमाडौं–दुबई–काठमाडौं विशेष उडान गर्दै

बुधवार, फागुन २७, २०८२

काठमाडौं । नेपाल एअरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि काठमाडौं–दुबई–काठमाडौं विशेष उडान गर्ने भएको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो ।

निगमले निकालेको सूचनाअनुसार काठमाडौं–दुबई उडान आज राति सवा ११ बजे हुँदैछ भने दुबई–काठमाडौं उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा गर्ने तालिका छ ।

नेपाल एअरलाइन्सका अनुसार फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले आज रातिको उडानमा यात्रा गर्न चाहेमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्नेछ । निगमले प्रमाणीकरण गरेका यात्रुलाई मात्र विमानस्थल जान अनुरोध गरेको छ ।

पश्चिम एशियाको तनाव केही मत्थर भएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले हिजोदेखि काठमाण्डौका लागि आंशिक उडान पुनः शुरू गरेका छन् ।

अमेरिका–इरान युद्ध शुरू भएपछि यात्रु र चालक दलको असुरक्षा भएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका थिए । जसका कारण धेरै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदै आएका छन् ।

सम्बन्धित खबर