
काठमाडौं । देशका विभिन्न क्षेत्रमा पर्सि मङ्गलवारसम्म आकाश नखुल्ने मौसमविद्ले अनुमान गरेका छन् ।
आज बाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र मङ्गलवारसम्म बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्रो जन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
अहिले देशको वायुमण्डलमा उच्च चापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ ।
कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बाग्मती प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।


