२०८२ फागुन २३ शनिवार , १२:५२:०८ बजे

Sajhamanch
'

ताप्लेजुङमा एमालेका क्षितिज अगाडि

शनिवार, फागुन २३, २०८२

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य पद निर्वाचनमा मत गणना भइरहँदा ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्रमा नेपाली काँग्रेसले अग्रता लिएको तर पश्चिमी क्षेत्रतिर एमाले अगाडि देखिएको छ ।

शनिबार बिहान ६ बजेसम्ममा २८ वटा वडाको २० हजार ९१० मत गणना गर्दा १ हजार १८४ मत बदर भएका छन् । सदर मतमध्ये नेकपा एमालेले सूर्य चिन्हमा ६ हजार ५८२ र नेपाली काँग्रेसले रुख चिन्हमा ६ हजार १९२ मत प्राप्त गरी प्रतिष्पर्धामा रहेका त्यहाँका क्रियाशील पत्रकार कमल भट्टराईले जनाएका छन् ।

३९० को झिनो मतान्तरमा एमाले र कांग्रेसका उम्मेदवारहरु कहिले अघि र कहिले पछि गरिरहेका छन् । ताप्लेजुङ जिल्लमा एउटामात्र निर्वाचन क्षेत्र कायम छ । जम्मा ६१ वटा वडा रहेको सो जिल्लाका ३३ वटा वडाको मत गन्न बाँकी रहेको छ । २८ वडाको मत गन्दा नेकपा एमालेका क्षितिज थेबेले अग्रता कायम गरेका हुन् ।

ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टी तारा चिन्हले २ हजार ९३२, श्रम संस्कृति पार्टी माटो चिन्हले २ हजार २१२, रास्वपाको घण्टी चिन्हले १ हजार ४२२, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च खुकुरीको दापले ११५ मत प्राप्त गरेका छन् । अन्य सात दलले सय नघाएका छैनन् ।

सम्बन्धित खबर