२०८२ फागुन २३ शनिवार , ११:१८:१६ बजे

Sajhamanch
'

दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

शनिवार, फागुन २३, २०८२

दैलेख । प्रतिनिधिसभा सदस्य पदमा दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् ।

गए मध्यराति सकिएको मतगणना अनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे ।

रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाइन् ।

सम्बन्धित खबर