२०८२ फागुन १८ सोमवार , ०७:४८:०८ बजे

Sajhamanch
'

मध्यपूर्व तनाव : सुरक्षा र उद्धारका लागि तयार रहन सरकारलाई एनआरएनएको आग्रह

सोमवार, फागुन १८, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा सुरक्षाबारे चिन्ता बढेको भन्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई निर्णयबारे जानकारी गराउँदै नेपालीहरूको सुरक्षा, हटलाइन र उद्धारको तयारीका लागि आग्रह गर्नुभएको हो ।

पत्रमा यूएई, साउदी अरेबिया, कतार, ओमान, कुवेत, बहराइन लगायतका देशमा झन्डै २० लाखभन्दा धेरै नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको उल्लेख छ । ती देशमा बढ्दो सैन्य गतिविधि र आक्रमणका घटनाले नेपाली समुदायमा त्रास र असुरक्षाको भावना बढेको सङ्घले जनाएको छ ।

यदि अवस्था अझ जटिल बन्दै गएमा युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीलाई कूटनीतिक पहलमार्फत सुरक्षित र व्यवस्थित रूपमा स्वदेश फिर्ता गराउने तयारी अघि बढाउन सरकारलाई एनआरएनएको आग्रह छ ।