२०८२ फागुन १८ सोमवार , ०२:०६:१९ बजे

Sajhamanch
'

भारत सरकारले ३० थान ‘वान टन’ गाडी हस्तान्तरण गर्‍यो

सोमवार, फागुन १८, २०८२

काठमाडौं । भारत सरकारले प्रतिनिधिसभा चुनावलाई लक्षित गरी ३० थान वान टन गाडी हस्तान्तरण गरेको छ ।

वीरगञ्जको भारतीय महावाणिज्य दूतावासमा हिजो आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक तथा अन्य चुनावका सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।

नेपाल सरकारको आग्रहअनुसार आउँदो चुनावको तयारीलाई सघाउन यो सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले समयमै चुनावी सामग्री हस्तान्तरण गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

यसअघि, भारत सरकारले चुनावको सहयोगअन्तर्गत ५८० थान भन्दा बढी गाडी तथा अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

सम्बन्धित खबर