२०८३ जेठ २ शनिवार , ११:५५:०४ बजे

Sajhamanch
'

बिर्तामोडमा ११ लाख बराबरको अवैध सामानसहित मारुती भ्यान नियन्त्रणमा

शुक्रवार, फागुन १५, २०८२

झापा । प्रहरीले बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा ल्याइएका विभिन्न घरायसी तथा मेसिनरी सामानहरू अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले बरामद गरेको हो। गाडी र सामानसहित कुल मूल्यांकन १० लाख ६८ हजार रुपैयाँ गरिएको छ।

बरामद गाडी र सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।

बिर्तामोड–८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडकखण्डमा भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको डब्ल्युबी ७४ डब्ल्यु १२९६ नम्बरको भ्यान नियन्त्रणमा लिइएको हो ।

सम्बन्धित खबर