२०८२ फागुन १३ बुधवार , ०९:५७:५० बजे

Sajhamanch
'

ठगी मुद्धामा विभुतजंग पक्राउ

बुधवार, फागुन १३, २०८२

झापा । बिर्तामोडका २४ वर्षीय विभुतजंग कार्की ठगी मुद्धामा पक्राउ परेका छन् । उनलाई मेचीनगरको एक सुधारगृहबाट प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध अर्जुनधारा ११ बस्ने बर्ष ४७ को युवराज गिरीले इलाका प्रहरी कार्यालय अनारमनीमा ठगी मुद्धा दर्ता गराएका थिए ।

जाहेरवालाका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई कुराकानीपछि विवाह गर्ने शर्तमा कार्कीले कलेज खर्च भन्दै ३ लाख १५ हजार रुपैयाँ मागेको प्रहरीले जनाएको छ । कार्कीले पटक–पटक गर्दै उक्त रकम लिएका थिए । किशोरीको नाममा पैसा मगाएर कार्कीले खाइमासेको झापा प्रहरीले जनाएको छ ।

उनीविरुद्ध गत मंसीरमा मुद्धा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको तीन महिनापछि झापा प्रहरीले मंगलबार साँझ कार्कीलाई पक्राउ गरेको हो । ठगी अभियोगमा प्रहरीले पक्राउ गरेका विभुतजंग बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा रास्वपाका नेता बलराम कार्कीका छोरा रहेको जनाइएको छ ।

सम्बन्धित खबर