२०८२ फागुन १२ मङ्गलवार , ०१:२६:०७ बजे

Sajhamanch
'

शिक्षकलाई निर्वाचन आयोगको चेतावनी : ‘प्रचारप्रचारमा सहभागी भए कारबाही हुन्छ’

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा उनीहरू सहभागी भएको उजुरी आएको उल्लेख गर्दै ती शिक्षक, प्राध्यापक र कर्मचारीलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिनुभएको हो ।

आयोगले निर्वाचन आचारसंहिता र कानूनी व्यवस्थामा उनीहरूको पदसम्म नरहने गरी कारबाही हुनेसम्मको व्यवस्था रहेकाले त्यस्ता खालका गतिविधिमा सहभागी नहुन शिक्षक, प्राध्यापकलाई सचेत गराएको छ ।

आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने/गराउने काममा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट अनुगमन गर्नका लागि पुनः सचेत गराएको बताउनुभयो ।

सम्बन्धित खबर